Wednesday, October 22, 2014

Females victimized of rape in Nepal


Victoria Billings, an US journalist and author quoted “rape is culturally forestered means of suppressing women. Legally we say we deplore it, but mythically we romanticize and perpetuate it and privately we excuse and overlook it.” Yes, Billings’ words are true in the context of Nepal where patriarchy is highly dominant and females are taken as ‘others’ of the society. Physically and mentally, females are tortured day by day inside the four corners of the house, in the streets, public vehicles, educational institutions and so on. Being the head of the family, they are compelled to live a miserable life. Most of the females, still today, have to tolerate the sexual assault to adjust them in the society where they are considered a burden.
 
Rape is a criminal activity but lack of access to justice-socially and legally-to the victims have compounded the situation. Most of the victims of sexual assault are females from poor families and rural areas. In most of the cases, they are forced to remain silent though the use of threat and intimidation. They also feared to inform the police, thinking that such incidents will bring social disgrace. If we overlook few incidents of sexual assault taken place in our country, we’ll find the very situation.

According to the news published in Republica on 11th of August 2013, a nine-year-old Chepang girl from Bhulmichowk village of Gorkha was raped by a local youth. Four days after the rape, grandmother noticed injuries in the girl’s genital. When grandmother sought neighbour’s support, everyone suggested her to remain silent but she made an attempt and informed her father, who finally reported the incident to the police. In next case, an 18-year-old girl was gang-raped in a parked bus at Nepalgunj-5, in Banke on 6th of August 2014. According to the description of police, the victim boarded the bus from Rukum to Shamshergunj to visit her maternal family members. When the girl tried to get off at her destination area, transport worker seized her mobile and belongings and made her to go with them. After all passengers got out of the bus, transport worker raped her repeatedly at Bus Park in Nepalgunj.

These are the few examples of rape where females have to suffer from physical and mental traumatic situations. Women ‘s Rehabilitation Center (WOREC) recorded 256 cases of rape, 42 cases of attempt to rape and 55 cases of sexual violence between April 2012-13. This data also shows that the females, who are taken as the incarnation of Goddess Durga and Saraswati, themselves, are not secure inside the homeland.

The loopholes of Nepalese Criminal justice system allow most of the culprits of gender crime to escape from the punishment. Though the legislation on sexual assault exists in Nepal, the law doesn’t sufficiently address the crime. Also, the provision for filing the case is very impractical. According to the present law, if a person rapes a girl child less than 10 years is 10 to 15 years of custody, 14 to 16 years is 8 to 12 years of custody, 16 to 20 years is 5 to 8 years of custody and the provision of punishment for raping a woman above 20 years age is 5 to 7 years custody. Although, this is not explicit, these provisions accept rape against women above 20 more acceptable and less punishable. Similarly, 35 days limitation for filing the First Information Report (FIR) is infringing on women’s right to get justice.

          The international law forbids any kind of limitation for rape and even the Supreme Court of Nepal in 2006 has issued a directive to the government to amend the law so as to resolve all conflicts regarding the serious crimes like rape. However, lack of effective legal protection mechanism has contributed in increase in gender crimes.  So, there is a serious need of review and amendment of legal provisions to diminish the gender crimes like rape, to protect the rape victims and to provide sufficient punishment to the culprits.




- zealsubedi@yahoo.com

Saturday, October 11, 2014

समाधी -एक कथा


“सुजेन”
“हजुर”
“ ढिडो खान मुन्टीहाल । बारीमा बाँदर लागेको छ , तेरो बाउलाई पालो दिनुपर्छ । झट्ट आइज ।”
“ल आँए ।”

सुजेन आफ्नी आमाको आज्ञा शिरोपर गर्दै भान्साकोठातिर दौड्यो । आमाले सिलौटको थालमा ढिडो र बटुकामा कडी हालिदिनुभयो । सुजेन भने काठको पिर्कामा बसेर चोरी औँला डुबाउदै (मोहीबाट बनाएको) कडी चाख्न थाल्यो ।
“तैले हात धोइस् ?” सन्देहपूर्ण प्रश्न गरिन् आमाले ।
“नाइँ, बिर्सेँछु ।” निर्दोष पाराले जवाफ फर्कायो सुजेनले ।
“जा, लोटाको पानीले हात धोएर आइज ।”
सुजेन लोटा बोकेर बाहिर गयो, हात धोयो र बाख्राका साना पाठापाठी झैं उफ्रिँदै आएर ढिडो खान थाल्यो ।

घडीको सुइले बिहानको नौ बजाइसकेको थियो । सिमलपानी बासीलाई समयमसँगै दौड्नुपर्ने  हतारो थियो । सिमलपानी–नेपालको अर्घाखाँची जिल्लाको एउटा विकट बस्ती । जुन बस्ती घना सल्लाघारीको केन्द्रमा अवस्थित छ । सात÷आठ घर धुरीले सिङ्गो गाउँकै अस्तित्वलाई नै बचाइराखेको छ नत्र त गाउँ उहिल्यै जङ्गलमा विलय भइसक्थ्यो । निकै टाढा रहेका घर मध्येको एउटा घरमा सुजेनको परिवारको गुजारा चलेको थियो ।

    सुजेनले भर्खर कक्षा तीनमा आफ्नो कलिलो पाइला सारेको थियो । पढ्न पनि एक घण्टाको लामो बाटो हिँडेर पल्लो गाउँ पुग्नुपथ्र्यो । आमाको हतार सधैँ सुजेनलाई समयमै पठाउनमा हुन्थ्यो । त्यो दिन पनि सुजेनले खाना खाइसकेपछि हात–मुख चुठाएर, राम्रो बनाएर स्कूल पठाइन् आमाले ।

सुजेनलाई स्कूल पठाइसकेपछि सुजेनकी आमा आफ्नो श्रीमान्लाई पालो दिन गइन्–बारीतर्फ । लगाएको आधाजासो गहुँ र लटरम्म फलेका तिजु बाँदरले सखाब पारिसकेको थियो । बारीको त्यो हविगति देखेपछि उनले श्रीमान्लाई भनिन् – “तिजु त खायो खायो, बाँदरले बारीको गहँु पनि सखापै पारेछ है !”
    “हेर न, के गरुँ ! बाँदरले त हामीलाई यो सालको गहँु खान देला जस्तो छैन ।” श्रीमान्ले आफ्नो नैरश्यता पोखे । उनी अगाडी भन्दै थिए – “के गर्ने घर पनि सल्लाघारीको बीचमा प¥यो, बस्ती नि साह्रै पातलो छ । नत्र त सबै मिलेर बाँदर खेद्न हुन्थ्यो ।”
“अब बाँदरलाई धपाउने मात्र एउटा विकल्प छ ।” लामो सास फेर्दै उनले भने ।
“त्यो के नि ?” सुजेनकी आमाको जिज्ञासा थियो ।
उनी भन्दै थिए “मैले सुनेको – एउटा बाँदर मारेर झुण्डाएर राख्यो भने अरु बाँदर डराएर आउदैनन् रे !”
    “जसरी हुन्छ गहुँ त बाँदरबाट बचाउनै पर्छ, नत्र त साल भर के खाने?” सुजेनकी आमाको डर र साहस एकसाथ मिसिएको प्रतिक्रिया थियो ।

एकछिनको कुराकानीपश्चात् सुजेनको बाबाले आफ्नी श्रीमतीलाई आँटीमा लुकाइराखेको भरुवा बन्दुक लिन पठाए । सुजेनकी आमाले बन्दुक ल्याएर आफ्नो श्रीमान्लाई सुम्पिदिइन् अनि गाईवस्तु भोकाएको र  घाँस काट्न अबेर भएको बताइन् । श्रीमान्ले बाँदर हेर्ने र श्रीमती घाँस काट्न जाने सल्लाहा भएपछि सुजेनकी आमा गाईवस्तुलाई घाँस काट्न खरबारीतर्फ लागिन् । सुजेनका बुबा भने बाँदर मार्ने अभिलाषाका साथ बाँदरको प्रतिक्षा गर्न थाले ।

घरवरिपरी सल्लाको बाक्लो वन भएकाले घाँस काट्न घण्टौं टाढाको खरबारीमा जानुपर्ने बाध्यता थियो – सुजेनकी आमालाई । बाटोमा अनेक कुरा उनको मानसपटलमा सलबलाउन थाले । आफूले आधा जीवन जेन–तेन काटेको भए पनि आफ्नो एक्लो छोरो सुजेनको भविष्यप्रतिको चिन्ताले गाँज्न थाल्यो । “बाँदरले बारी मात्र नखाइदिने हो भने पनि जीवन अलि बिसेक हुन्थ्यो होला ।” अनायासै यस्ता विचारले उनको मस्तिष्कमा डेरा जमाउन थाले ।

 घडीले साझँको चार बजाउँदै थियो । सुजेनको स्कुलमा पालेदाइले बिदाको घण्टी ‘टिनिन्न’ बजाए । सवै विद्यार्थी आ–आफ्नो घरतिर दौडन थाले । सुजेन पनि भकुन्डो उफ्रिएझँै उफ्रिँदैै घरतर्फ लाग्यो । करिब चालिस मिनेटको बाटो हिडेपछि ऊ घर पुग्यो । घरको दैलोमा ठूलो ताल्चा झुन्डिएको थियो । उसले आफ्ना आमा बुबालाई घरवरिपरि हे¥यो तर देखेन । नजिकै खोपामा उसले चाबी देख्यो अनि आत्तिँदै ढोका खोल्यो । उसले एउटा कुनामा फ्यात्त झोला फ्याक्यो र खाजा खोज्न थाल्यो । निकै भोकाएर आएको सुजेनले खाजा नभेट्टाएपछि उसलाई के गरौँ र कसौ गरौँ भयो । ऊ भोकले छट्पटाउन थाल्यो ।   

 सुजेनकी आमा खरबारीबाट घाँस काटेर फर्कदै थिइन् । घाँसको भारी सँगसँगै पारिवारिक पिडा, गरिबीपन र भविष्यप्रतिको चिन्त्ता पनि मनको डोकाभरि बोकेकी थिइन् । सुजेनका बुवा भने बाँदर आउने प्रहर कुरेर बसेका थिए । साह्रै सताइएका उनी पट्यारलाग्दो दिनमा पनि एक्लै बारी हेरेर बसेका थिए – अरु थुप्रै कामहरु जहाँको त्यही थाती राखेर । “के खोज्छस् कानो आँखो” भनेझै अचानक एक हुल बाँदर उनका आँखामा परे । उनले बाँदर भएनजिकै गएर निसाना लगाए । तर बाँदरले भने उनको क्रियाकलाप निसाना लगाउनु अगावै सुइँको पाए र त्यहाँबाट कुलेलम ठोकिहाले ।

बाँदरले खेलेको त्यो लुकामारीले सुजेनका बुवालाई निकै रिस उठाएको थियो । एक त सबै काम बिर्सिएर दिनभर बाँदरबाट छुटकारा पाउन जुक्ति निकालेको, त्यही माथि सोचेको काम पनि हातबाट फुत्किदा रिसको त सिमा नै थिएन । त्यत्तिकैमा, बारीबाट ‘सर्‍याक्क सुरुक’ आवाज आउँछ र उक्त आवाजले उनलाई सतर्क बनाइदिन्छ । निकै संयवित भएर उनले आवाज आएतिर आफ्ना इन्द्रियहरु टाठा बनाए । अलि बेरसम्म पनि आवाज बन्द नभएपछि आवाज आएतिरै उसले बन्दुकको निसाना लगाए । निसाना लगाइन्जेल उनको आँखामा अघि नै भागेका एक हुल बाँदर नाचिरहेका थिए । त्यही दृश्य मानसपटलमा सेलाउन नपाउँदै उनले बन्दुकको ‘ट्रिगर’ नजिकै आफ्नो चोर औँला पुर्‍याए । सोच्नु नै के थियो र ! बाँदरबाट अब छुटकारा पाइने भयो भन्ने सोचाइले नै उनको मुटु नाच्न थालिसकेको थियो । चोर औंलाले ‘ट्रिगर’ के दबाएका थिए, बन्दुकबाट ‘ड्याङग’ गर्दै आवाज निस्क्यो । निसाना ताकेको ठाउँबाट पनि ‘घद्र्‍याक्क’ गर्दै ठूलो आवाज निस्केको मात्र के थियो, सुजेनका बुवा कन्चटबाट आलो रगत तपतपी चुहाउँदै भुइँमा ‘डङ्रङ्ग’ लडे ।

 एकैछिनमा मान्छेको ठुलो भिड जम्मा भयो । गाउँलेको आँखामा पिडारुपी अश्रुधाराहरु अनायासै चुहिन थाले – तप्पतप्प । सुरक्षा प्रदान गर्ने भनेर खटिएका सादा पोसाकका प्रहरी जवानहरु समेत अवाक् थिए ।     घटना घटेको केही पलमै सुजेनकी आमा हस्याङ् र फस्याङ् गर्दै घटनास्थलमा आइन् । आफ्नै श्रीमान्को विभत्स् मृत शरीर देखेपछि पृथ्वी नै कम्पायमान हुनेगरी चिच्याइन् । उनका अश्रुहरु हिमश्रृंखलाबाट अनवरत बग्ने हिमनदी झै बगिरहे, झरिरहे । उनी एकटकले हेर्दै भुइँमा पछारिइन् – सदाका लागि । गाउँलेले प्रहरीलाई घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्न थाले । भिड निकै उक्तेजक हुन थालेपछि गोली चलाउने प्रहरी जवानले मुख फोरे – “एउटाको सुरक्षा गर्दा अर्काको ज्यान लिनु प¥यो । यो रहर थिएन बाध्यता थियो । परिस्थिति नै त्यस्तो भयो की गोली चलाउन बाध्य भयौ ।” सबै गाउँलेहरु कुरा नबुझेझै मुखामुख गर्न थाले । कसको सुरक्षार्थ उनको ज्यान गयो ? भन्ने प्रश्न सबै गाउँलेको प्रमुख चिन्त्ताको विषय थियो तर मुचुल्का उठाउन आएको अर्को प्रहरी टोली सुजेनको लास बाकेर ल्याएपछि घटनाको भेद खुल्यो । यसरी एउटा सिङ्गो परिवारले एकै ठाउँमा समाधि लियो – शाररीक समाधि अनि भ्रमको समाधि – सदाका लागि......।



- zealsubedi@yahoo.com

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views