Friday, November 14, 2014

गजल



किन्ने बेच्ने प्रेम पनि,धोकेबाजको काम रैछ
संसारकै सर्वश्रेष्ठ, अरु होइन दाम रैछ ।

महङ्गीले आकाश छँदा, भाउ मेरो घटाएछौं
मायालुकै शब्द-पत्र, मेरो मात्र खाम रैछ ।

चिल्ला वचन खचि॔एर, तृष्णा आफ्नो मेट्नेलाई
जहाँ जता भएपनि, त्यहि देवधाम रैछ ।

घर-अड्डा जताततै, गुणगान गाउने पुरुषहरु
उपहार दिँदा श्रीमतिलाई, खुट्टाको नै डाम रैछ ।

"दिवाकर" ले एक्लै चिच्याई, के पो गर्न सक्ने हो र!
भ्रष्ट-पतित हुनेको नै, धेरै ठूलो नाम रैछ ।


-दिवाकर सुवेदी



Published on:
http://www.zestkhabar.com/2014/12/16/11424 

0 comments:

Post a Comment

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views