Saturday, June 11, 2016

सुसाइड नोट !

प्रिय बाबा,

सायद यो सम्बोधनको आभाष मलाई पहिल्यै हुँदो हो त मृत्‍युपर्यन्त शब्दजाल बुन्नुपर्ने आवश्यकता नहुँदो हो। मृत्‍यु पनि कहिले असहय पिडा बनेर आउँदो रहेछ, कहिले भने हरेक पिडाको औषधी बनेर आउँदो रहेछ। हेर्नुस् न! तपाईंले मलाई एक्लै छोडेर गएपश्च्यात म बिरक्त्तिएको थिँए। थुप्रै साथीहरुको माया र स्नेहले पुन: डढेलो लागेको जिन्दगीमा बिस्तारै आँकुरा पलाउन थाल्यो - आशाको।   

जीवन यसै के सम्हाल्न खोज्दै थिएँ, दु:खका भुङ्गानहरुमा चपरी लगाउन खोज्दा खोज्दै बारी नै सखाप पारेको पत्तै पाईनछु। त्यसैले त यो पत्र कोर्नुपर्ने आवश्यकता आईलाग्यो। सायद यो पत्र सबैमाझ बरालिँदा म तपाईंको आलिङ्गमा खुशीका अश्रु चुहाउँदै भक्कानिदै गरेको हुनेछु।

जीवन कहर भएपछी रहरहरु तिलान्जली दिनुपर्दो रहेछ बाबा। सानै उमेरमा जीवनको पहाड बोकेँ सकी नसकी। तपाईंको दु:खका अगाडि त मेरो दर्द तिलसरी मात्र हुन्छ तर उमेर र मेरो मनको सहनशिलताको पारोलाई सिन्डिकेट प्रणालीमा नलाद्ने हो भने म मेरै जिन्दगीको ड्राईभर बन्न ऊबेला अयोग्य नै थिएँ, होईन र बाबा? तपाईंको हात मेरो हरेक पिडाको सारथी नभैदिँदो हो त म उहिल्यै लास भाईसक्दो हुँ। हरेक दु:खका अगाडि तपाईंको मुस्कान र बोली प्रेरणा बनेर आउँथ्यो र मलाई जिन्दगीको चक्रपथमा सुरक्षित शयर गराउँथ्यो - यो बुझिनसक्नु मान्छेको बस्तीमा।

जीवन बाँच्नकै लागि हो भनेर प्रेरित गर्ने म आँफै मृत्‍युको संघारमा उभिएको छु। बाबा, समयको खेल पनि कस्तो भाँडाकुटी र लुकामारी चोर जस्तो - सधैंको 'मानक' र सधैंको 'डुम"। जे बाट सधैं सधैं डराएर भागीरहें आज त्यसैको कट्घरामा निर्लज्ज भएर उभिएको छु। दु:खको मदानी रिङ्गाएर खुशीको घिउ खाने मेरो सपना एकपछी अर्को कसरी जेलनेल भोग्दै गए भनेर त म बोल्नै पर्दैन नि। तपाईंलाई सबै सबै ज्ञात नै त छ।

बाबा, यो काठमाण्डौंको भिड्मा म एक्लो जीवन बिताउदो छु। सहयोग, सान्त्वना र अपेक्षा त कौडीको भाउमा लीलाम गरिन्छन बिच बजारमा। यो खाल्डोभन्दा बाहिर बसेर हेर्नेहरुलाई त केवल काठ्माण्डौँको चहलपहल देखिदो हो तर यसको चहलपहल भित्रको आवेग, पिडा, रोदन र नर्क त यहाँ प्रत्येक पल बाँचेको अभिनय गर्ने मुर्दा कलाकारलाई मात्र थाहा छ। चिहानघर जती नै सुन्दर ठाउँमा किन नबनाईयोस्, त्यो ठाउँमा कोही पनि गएर मन खुशी पारेर बसिरहन सक्दैन। यो शहर नि त्यही चिहानघर न रहेछ। यहाँ पलपल ईच्क्षाहरु बलात्‍कृत हुन्छन, मुस्कानहरुको मोलमोलाई सडकपेटिका खुद्रा ब्यापारीहरुले दिनदाहडै गर्छन्, सुन्दरताको जलप घसेर मान्छेहरु खुलेआम निस्कान्छन् तर आँखाको गाजल लत्पत हुन्छ, ओठहरु निचोरिएका कागतीजस्ता हुन्छन् र अनुहार फुङ्ग उडेको हुन्छ नुन खाएर झोक्राएको कुखुराजस्तै। यहाँ दु:ख पर्दा हात दिने मान्छेसम्म छैन। सबैलाई बिन्दास भएको अनुभुती प्रदान गरेर आफु भने दु:खको ठुलो ट्युमर लिएर बाँच्नु परेको छ।

बाबा अझ जिन्दगी मजाक त त्यो बेला लाग्छ जब एउटा घाईतेसँग अर्को घाईते मनको औसधोपचारको लागि याचन गर्छ। कहिल्यै नबोल्ने मान्छे पनि दु:खमा साईनो गास्न आएको देख्दा मजस्तो मुर्खलाई संसारको स्वार्थीपना बुझ्न निमेषभर नि लाग्दैन। आँफै लात हानेर आँफै काँध थाप्ने मान्छेहरुको कमी छैन यहाँ। यहाँबाट ओहोरदोहोर गर्ने ठुला ठुला जहाजमा सपनाभन्दा धेरै र खजानाभन्दा धेरै मुर्दाहरु बोकिन्छन्। ति मुर्दासँगै राता सिउँदोहरु, तोते ओठहरु, रङ्गिन रातहरु, प्रेमिल आलिङ्गनहरु, आस्रित मनहरुको नि दाहसंकार गरिएको हृदयबिदारक दृश्यको त बयान नै गर्न सक्दिन म।   
    
आजसम्म यो शहरमा बाँच्न संघर्ष गर्दा मित्र भन्दा धेरै दुश्मन कमाएको छु,साथ भन्दा धेरै घात पाएको छु। त्यसैले पनि बाँच्ने कुनै चाह छैन मलाई। तपाईंले जस्तै डुब्दै गरेको जिन्दगीको डुंगालाई उतार्न अकबर र बिरबलको कथाले मन्त्रमुघ्न पार्ने कोही छैन यहाँँ। हरेकलाई यहाँ आफ्नै झोली भर्नु छ। हरेकलाई आफ्नै घाऊ बढी चहर्‍याउछ यहाँ। आँशुका थोपा अरुको दर्दमा चुहुँदै नचुहिने चाँही होइनन् तर चुहिने प्राय को भाषा "ठीक्क पर्‍यो" नै हुन्छ। काठमाण्डौंको शहरीकरणभन्दा अस्तब्यस्त भएको छ मेरो जीवन, बाबा। यहाँको प्रदुषणभन्दा बढी प्रदुषित भएको छ मेरो जीवन। जीवन के घिट्घिटोमा अडेको छ कुन्नी बुझ्नै सकेको छैन। भुपी शेरचनले ठिकै भनेका रहेछन्। यहाँ मरेर जानेहरुलाई भन्दा बांच्नेहरुलाई बढी पिडा छ। यहाँभन्दा बढी पिडा सहन गर्ने शक्ती अब म मा छैन बाबा।

मेरो जीवन जिउने अधिकार मलाई पूर्ण रुपमा छ भने, कतिसम्म बाँच्ने भन्ने कुराको निर्क्यौल गर्ने अधिकार पनि मलाई नै छ। मलाई यो शहरमा ढोँगी भएर अब जिउनु छैन। म सायद गलत समयमा जीवनको नियती भोग्न आएछु क्यारे! बस् अब अरु धेरै भोग्नु छैन मलाई। सायद मेरो यो पत्रको यिनै हरफ पढिरहदा म अर्को संसारमा बिचरण गरिसकेको हुनेछु। जहाँ हुनेछु, म खुशी हुनेछु। त्यसैले, यहाँँ गार्ह्रो गरी परेली ओसिलो पार्दै झर्ने आँशु बगाएर मेरो खुशीको यात्रामा तगारो नहालिदिनु होला। यहाँ जीवन भोगिरहदा अन्जानमै मैले थुप्रै गल्ती अवश्य गरेँ हुँला, सक्नुहुन्छ भने यो आँखाको कसिङ्गरलाई बिदा हुने बेला मिठो सपना सम्झेर माफि दिनुहोला ।

धन्यवाद ।।।

2 comments:

Post a Comment

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views