Thursday, September 1, 2016

धकेल्दै जीवन ...

जिएर निमेषभरको मुस्कान
साँचेर बग्रेल्ती सपनाहरु
कटाउन शिर माथिको घाम
हर रात धकेल्दो छु
हर साथ छिचल्दो छु ।।

परिवारको विश्वाश
आफन्तको भरोसा
साथीभाइको आशा
बोकेर मनको डोको भरी भरी
हर रात धकेल्दो छु
हर साथ छिचल्दो छु ।।

डराउदै यमको निमन्त्रणासँग
साँचेर खुशी मानव जुनिसँग
समाहित गरेर पितृको संकल्प
कोक्रोमा झुलाउदै बादलिंदो मन
हर रात धकेल्दो छु
हर साथ छिचल्दो छु ।।

खेल्दै जीवनसँग लुकामारी चोर
गन्दै दिनहरु हत्केला रेखाभित्र
पुछ्दै दिनहुँ लत्पत गाजल
मनको ताप अँगेनामै मिल्काएर
जालेरुमाल भावीलाई भाकेर
हर रात धकेल्दो छु
हर साथ छिचल्दो छु ।।

श्रापित भएर आफ्नै कर्मको
ऋणी छु सातपुस्ते धर्मको
छ्यालब्याल पारी आफ्नै अस्तित्व
बिना उदेश्य "डार्विन" बन्दो छु
पतन निश्चित छ भनेर बुझ्दा बुझ्दै नि
हर रात धकेल्दो छु
हर साथ छिचल्दो छु ।।

डुब्न लागेको घामले के साँच्ला र मनैभरी!
छोएर भाग्ने पवन के रुक्ला र निमेषैभरी!
मनै ढुङ्गो भएपछी पग्लेला भन्नु बेकार रै'
थारो जीवन जिएर पग्रेला भन्नु बेकार रै'
हरेक सम्भावनामा कृष्ण भिर खसेकै छ
र पनि बाँचुन्जेल पलाउने झिनो आशसँगै 
हर रात धकेल्दो छु
हर साथ छिचल्दो छु ।।




0 comments:

Post a Comment

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views