Sunday, November 6, 2016

निर्दोषी आवाज… (कबिता)


पुतली भुल्ने बगैचामा, आवाज बन्दुकको
पढ्न जाने स्कुलैमा, ताला सन्दुकको
कैले सम्म मर्ने ज्युँदै, आमा नेपालैमा
अत्तो-पत्तो थाहा छैन, बाबा बिदेशैमा

सधैंंभरी बन्द हड्ताल, खान पाउनु छैन
चाडपर्व उजाड लाग्छ, मन रम्या होइन
प्रिया सधैं आँशु झार्छिन्,बालबच्चालाई हेरी
जन्मिने हुन् बुद्ध कहिले, यो देशमा फेरी

शन्ति भई पढ्ने रहर, कसको नहोला र!
मुस्कुराउँदा नेपाल आमा, मन नछोला र?
आन्दोलनमा सधैंं किन, विद्यार्थी नै चाहिने?
भाग्य फेर्ने दैव तिमी, कहिले लाग्ने दाहिने?

दु:ख गरी बिहान साँझ,झोला बोकी आउँछन्
कहिले देखि नडराई, पढ्न-लेख्न पाउँछन्
अधिकार प्रयोग गर्दा, अरु मर्नु हुन्न
आफ्नो मात्रा झोली भर्ने, काम गर्नु हुन्न

बालबच्चाको आवाज सुन, लाग्ने छ नि काम
पुण्य पाउछौ खुशी भए, नगए नि धाम
सबै मिली यो देशको, मुहार फेर्नुपर्छ
ठुला-साना सबै मिली, बाँच्न पाउनुपर्छ
_____________हाँस्न पाउनुपर्छ
_____________पढ्न पाउनुपर्छ
_____________रम्न पाउनुपर्छ ।।।



0 comments:

Post a Comment

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views