Wednesday, October 11, 2017

चिसोको मादकता

सत्य
मादक थियो समय
प्रेमिल थिए बसाईहरु
चिसो थियो मौसम
काँप्दै गर्दा ओठहरु....।।


निस्किन नसक्दा दिन
जवानी हराउदा घाम
तातिदै थियौ हामी-
तिम्रो आलिङ्गनमा म
अनि मेरो आलिङ्गनमा तिमी
गतिशिल थिए अङ्ग अङ्ग
सुस्ताउदै गर्दा बैंश
सासमा प्रेमको गर्माहट
छुट्नै नपरोस् भन्ने चाहत
सत्य
मादक थियो समय
प्रेमिल थिए बसाईहरु
चिसो थियो मौसम
काँप्दै गर्दा ओठहरु ।।

लजाएर घोप्टिदा म
घोप्टियो दिनको उज्यालो
तातो सास छातिभित्र
प्रेम यत्र तत्र सर्बत्र
नसालु थियो समय
बैसालु थियो प्रेम
कुत्कुताउथ्यो यौवन
छिल्लिदा आफ्नै मन
कस्तो प्यारो प्रहर
मानौं एक्लो छ सहर
सासमा प्रेमको गर्माहट
छुट्नै नपरोस् भन्ने चाहत
सत्य
मादक थियो समय
प्रेमिल थिए बसाईहरु
चिसो थियो मौसम
काँप्दै गर्दा ओठहरु ।।

बद्लियो हावाको लहर
बद्लिएन तिम्रो मेरो रहर
चिसो सिरेटो झोंकिन्थ्यो
हामी झन् कसिन्थ्यौं
जुन चियो गर्न तम्सिन्थ्यो
बादलमुनि गुमनाम हुन्थौं
उज्यालोको सन्त
अँध्यारोमा डाँकु भन्छन्
त्यसैले पनि
ढाट्यौं सकेजति आफैलाई
छल्यौं भेटेजति सबैलाई
र हरेक दिन खास भयो
प्रत्येक रात बिशेष बन्यो
हराउदा तिमीभित्र म
सेलाउदा मभित्र तिमी
सत्य
मादक थियो समय
प्रेमिल थिए बसाईहरु
चिसो थियो मौसम
काँप्दै गर्दा ओठहरु ।।

0 comments:

Post a Comment

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views