सुन्दरताको पैगाम बाँड्दै हिँड्ने बटुवा
प्रकृतिको कुमारीत्व लुट्दै छ बारम्बार
र पनि निरिह मैना चरी
बिरहको गीत गाएर बाँचेकी छ।
मैना चरी, बिचरी !
न त तिजले मर्काउन सक्यो उसको बारुले कम्मर
न त दसैंले पुछ्न सक्यो दुर्भाग्यको रगत्ताम्मे टिका
सधैंजसो बसेकी छे निराहार ब्रत
जबदेखी उसकी एक्ली छोरी लालीगुराँस भई।
लालिगुरांँस ! निरास ! निरास !
फक्रिन लागेको कलिलो जीवन
पत्र पत्र लुटेर चुसेर फ्याँकिएपछि
मैना चरिको रगतसँगै गन्हाएकी छे
हजारौँ आखाहरु त्यही बाटो भएर हिड्छन्
र पनि सन्नटा बाहेक केही सुनिदैन
मानौं आँखाहरु रगत देख्दा रमाउछन्
र मनहरु लास देख्दा मुस्कुराउँछन्।
मन नभएका मान्छेहरु
र
मान्छे नबनेका मुटुहरु
धड्किरहेछन बाटो भरी भरी
र त रिम्पोछेको माला बिक्छ
मैना चरिको इज्जत जस्तै
र त्यही रिम्पोछे रातैभरी
अङ्ग्रेजी भजन गाउँछ
तैपनी दिउँसो ऊ गन्हाउँदैन
शायद भगवानलाई पनि
प्यारो छ क्यारे मदिरा
र मदिरासँगै रमाउने "मन्दिरा"
लुटिनेहरु सधैंँ द्रौपदीहरु नै किन?
परिक्षामा होमिनु पर्ने सिताहरु नै किन?
बर्जित फल खान उक्साउने इभ नै किन?
हरेक रात निद्रा सौदा गर्ने किलियोपेट्रा
र हर दुखको उद्गम प्यानडोराहरु नै किन?
प्रश्नै प्रश्नभित्र जेलिएकी छे त्यो मैना चरी
जो मान्छेको मनजस्तै गन्हाएकी छे.
हर दिन सुर्यले आकाशमा एउटा मैनबत्ती जलाउँछ
तर पोल्छ भतभती आमाको मन
हर बिहान सितले आँशुसँगै श्रद्दान्जली दिएर जान्छ
र त्यही लासमाथी टेकेर एउटा भमरा रमाउछ,
त्यो बटुवा रमाउँछ, त्यो रिम्पोछे रमाउँछ
किनकी अब त अबला आमा पनि त
लालिगुराँस बन्दै छे ।

प्रकृतिको कुमारीत्व लुट्दै छ बारम्बार
र पनि निरिह मैना चरी
बिरहको गीत गाएर बाँचेकी छ।
मैना चरी, बिचरी !
न त तिजले मर्काउन सक्यो उसको बारुले कम्मर
न त दसैंले पुछ्न सक्यो दुर्भाग्यको रगत्ताम्मे टिका
सधैंजसो बसेकी छे निराहार ब्रत
जबदेखी उसकी एक्ली छोरी लालीगुराँस भई।
लालिगुरांँस ! निरास ! निरास !
फक्रिन लागेको कलिलो जीवन
पत्र पत्र लुटेर चुसेर फ्याँकिएपछि
मैना चरिको रगतसँगै गन्हाएकी छे
हजारौँ आखाहरु त्यही बाटो भएर हिड्छन्
र पनि सन्नटा बाहेक केही सुनिदैन
मानौं आँखाहरु रगत देख्दा रमाउछन्
र मनहरु लास देख्दा मुस्कुराउँछन्।
मन नभएका मान्छेहरु
र
मान्छे नबनेका मुटुहरु
धड्किरहेछन बाटो भरी भरी
र त रिम्पोछेको माला बिक्छ
मैना चरिको इज्जत जस्तै
र त्यही रिम्पोछे रातैभरी
अङ्ग्रेजी भजन गाउँछ
तैपनी दिउँसो ऊ गन्हाउँदैन
शायद भगवानलाई पनि
प्यारो छ क्यारे मदिरा
र मदिरासँगै रमाउने "मन्दिरा"
लुटिनेहरु सधैंँ द्रौपदीहरु नै किन?
परिक्षामा होमिनु पर्ने सिताहरु नै किन?
बर्जित फल खान उक्साउने इभ नै किन?
हरेक रात निद्रा सौदा गर्ने किलियोपेट्रा
र हर दुखको उद्गम प्यानडोराहरु नै किन?
प्रश्नै प्रश्नभित्र जेलिएकी छे त्यो मैना चरी
जो मान्छेको मनजस्तै गन्हाएकी छे.
हर दिन सुर्यले आकाशमा एउटा मैनबत्ती जलाउँछ
तर पोल्छ भतभती आमाको मन
हर बिहान सितले आँशुसँगै श्रद्दान्जली दिएर जान्छ
र त्यही लासमाथी टेकेर एउटा भमरा रमाउछ,
त्यो बटुवा रमाउँछ, त्यो रिम्पोछे रमाउँछ
किनकी अब त अबला आमा पनि त
लालिगुराँस बन्दै छे ।
