Thursday, September 20, 2018

लालिगुराँस । Rhododendron

सुन्दरताको पैगाम बाँड्दै हिँड्ने बटुवा
प्रकृतिको कुमारीत्व लुट्दै छ बारम्बार
र पनि निरिह मैना चरी
बिरहको गीत गाएर बाँचेकी छ।
मैना चरी, बिचरी !

न त तिजले मर्काउन सक्यो उसको बारुले कम्मर
न त दसैंले पुछ्न सक्यो दुर्भाग्यको रगत्ताम्मे टिका
सधैंजसो बसेकी छे निराहार ब्रत
जबदेखी उसकी एक्ली छोरी लालीगुराँस भई।
लालिगुरांँस ! निरास ! निरास !

फक्रिन लागेको कलिलो जीवन
पत्र पत्र लुटेर चुसेर फ्याँकिएपछि
मैना चरिको रगतसँगै गन्हाएकी छे
हजारौँ आखाहरु त्यही बाटो भएर हिड्छन्
र पनि सन्नटा बाहेक केही सुनिदैन
मानौं आँखाहरु रगत देख्दा रमाउछन्
र मनहरु लास देख्दा मुस्कुराउँछन्।

मन नभएका मान्छेहरु

मान्छे नबनेका मुटुहरु
धड्किरहेछन बाटो भरी भरी
र त रिम्पोछेको माला बिक्छ
मैना चरिको इज्जत जस्तै
र त्यही रिम्पोछे रातैभरी
अङ्ग्रेजी भजन गाउँछ
तैपनी दिउँसो ऊ गन्हाउँदैन
शायद भगवानलाई पनि
प्यारो छ क्यारे मदिरा
र मदिरासँगै रमाउने "मन्दिरा"

लुटिनेहरु सधैंँ द्रौपदीहरु नै किन?
परिक्षामा होमिनु पर्ने सिताहरु नै किन?
बर्जित फल खान उक्साउने इभ नै किन?
हरेक रात निद्रा सौदा गर्ने किलियोपेट्रा
र हर दुखको उद्गम प्यानडोराहरु नै किन?
प्रश्नै प्रश्नभित्र जेलिएकी छे त्यो मैना चरी
जो मान्छेको मनजस्तै गन्हाएकी छे.
हर दिन सुर्यले आकाशमा एउटा मैनबत्ती जलाउँछ
तर पोल्छ भतभती आमाको मन
हर बिहान सितले आँशुसँगै श्रद्दान्जली दिएर जान्छ
र त्यही लासमाथी टेकेर एउटा भमरा रमाउछ,
त्यो बटुवा रमाउँछ, त्यो रिम्पोछे रमाउँछ
किनकी अब त अबला आमा पनि त
लालिगुराँस बन्दै छे ।

Tuesday, September 11, 2018

इनाम । Reward



प्राचिनकालमा एक राजाले बाटोमा एउटा ठुलो ढुङ्गा राखिदिए र आफुभने जङ्गलको एउटा रुखको आड लिएर लुकेर बसे। त्यो बाटो भएर थुप्रै दरवारीयाहरु र ब्यापारिहरु ओहोरदोहोर गरे तर कसैले पनि त्यो ठुलो ढुङ्गो बाटोबाट हटाउने प्रयाससम्म पनि गरेनन्। बरु उल्टै राजाले बाटोको अवरोध हटाउन नसकेको भनी लाल्छना लगाए।

यो सबै देखिरहेका र सुनिरहेका राजाले एकदिन त्यही बाटो भएर एक साधारण किसान आउँदै गरेको देखे। उसले हातैभरी तरकारी र सागसब्जी बोकेर ल्याएको थियो। जब किसान ढुङ्गाको नजिकै आईपुग्यो तब उसले हातैभरी बोकेको तरकारी भुईमा बिसायो र शरीरमा भएको सम्पूर्ण बल लगाएर बाटो ढुङ्गोलाई किनारा लगायो।

त्यसपछि, ढुङ्गाले च्यापेको एउटा झोला पनि फेला पार्‍यो। त्यो झोलाभित्र सुनका असर्फी र एउटा चिठी थियो। चिठीमा राजाले झोलाभित्रको सम्पूर्ण असर्फी ढुङ्गो ठेगान लगाउने ब्यक्तिका लागि इनाम रहेको अवगत गराएका थिए। त्यो सबै असर्फी आफ्नो भएपछि किसान खुशी भएर राजालाई धन्यवाद दिदै आफुले ल्याएको तरकारी बोकेर आफ्नो बाटो लाग्यो।

Moral of the story : Every obstacle we come across in life gives us an opportunity to improve our circumstances, and whilst the lazy complain, the others are creating opportunities through their kind hearts, generosity, and willingness to get things done.

Saturday, September 8, 2018

गजल



जति पढेपनि अल्पज्ञानी, यो अभाब कसले बनायो ?
जति हेर्‍यो उति अल्छि लाग्ने, यो किताब कसले बनायो ?

उद्देश्य एउटा कर्म अर्कै जिन्दगी भद्रगोल छ
सधैं ठुस्किरहनेलाई, माष्टर'साब कसले बनायो ?

कक्षामा उभिएर दर्शन पढाउन कति सजिलो छ
जागिर खानलाई रट्नैपर्ने, यो दबाब कसले बनायो ?

बर्षदिन पढेको कुरा, ३ घण्टामा सम्झनुपर्छ
उत्तरै नपढी जाँच्नेलाई, ज्ञानी नवाब कसले बनायो ?

ठाडो कपाल, टाईट जिन्स, शरीरभरी ट्याटु
शिक्षकलाई हुने शिक्षार्थीलाई नहुने, यो जवाफ कसले बनायो ?

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views