प्राचिनकालमा एक राजाले बाटोमा एउटा ठुलो ढुङ्गा राखिदिए र आफुभने जङ्गलको एउटा रुखको आड लिएर लुकेर बसे। त्यो बाटो भएर थुप्रै दरवारीयाहरु र ब्यापारिहरु ओहोरदोहोर गरे तर कसैले पनि त्यो ठुलो ढुङ्गो बाटोबाट हटाउने प्रयाससम्म पनि गरेनन्। बरु उल्टै राजाले बाटोको अवरोध हटाउन नसकेको भनी लाल्छना लगाए।
यो सबै देखिरहेका र सुनिरहेका राजाले एकदिन त्यही बाटो भएर एक साधारण किसान आउँदै गरेको देखे। उसले हातैभरी तरकारी र सागसब्जी बोकेर ल्याएको थियो। जब किसान ढुङ्गाको नजिकै आईपुग्यो तब उसले हातैभरी बोकेको तरकारी भुईमा बिसायो र शरीरमा भएको सम्पूर्ण बल लगाएर बाटो ढुङ्गोलाई किनारा लगायो।
त्यसपछि, ढुङ्गाले च्यापेको एउटा झोला पनि फेला पार्यो। त्यो झोलाभित्र सुनका असर्फी र एउटा चिठी थियो। चिठीमा राजाले झोलाभित्रको सम्पूर्ण असर्फी ढुङ्गो ठेगान लगाउने ब्यक्तिका लागि इनाम रहेको अवगत गराएका थिए। त्यो सबै असर्फी आफ्नो भएपछि किसान खुशी भएर राजालाई धन्यवाद दिदै आफुले ल्याएको तरकारी बोकेर आफ्नो बाटो लाग्यो।
Moral of the story : Every obstacle we come across in life gives us an opportunity to improve our circumstances, and whilst the lazy complain, the others are creating opportunities through their kind hearts, generosity, and willingness to get things done.

0 comments:
Post a Comment