हिमालतिर हेर्छु र घोरिन्छु-
नितान्त एक्लो छ, समाजका अङ्गहरुबाट टाढा
त्योभन्दा माथिको विशाल गगनलाई नियाल्छु र सोच्दछु-
यो पनि त एक्लो छ, असमाजिक छ।
अनि सम्झन्छु सामाजिक सरका उद्दरणहरु
जो सधैं मलाई "एक्ट्रोभट" हुन उद्देलित गराइरहे
मेरा छरछिमेकी जो मलाई 'सुत्केरी' भनेर खिज्याइरहे
मेरा साथिहरु जो मलाई 'लाटो' बनाएर जीवनभर हाँसिरहे।
म हिमाल जस्तै अटल बन्न चाहे
वायु जस्तै शितल बन्न चाहे
त्यसैले त समाज मलाई असमाजिक भनिरह्यो
मनभित्रका हुटहुटिहरु मनभित्रै परेड खेलिरहे
र त यो मन 'इन्ट्रोभट' बनि चिच्याइरह्यो ।
सबै ज्वारभाटा निलेर एउटा समुन्द्र निदाएको हुन्छ
सम्पुर्ण शरीर जलाएपछि हरबिहान घाम उदाएको हुन्छ
तर सधैं घङ्घङीमा चल्ने सामाजिक भनाउँदो हर-एकलाई
बर्षा यामको भ्यागुतोको ट्यारट्यार समाजिक लाग्दो हो
बतासको बेमौसमी बेगमा सायद बेपनाह प्यार देख्दो हो
आफ्नै वरिपरिका बुझ्रुकहरु बुझ्न खोज्दा खोज्दै
सुइको पाउँछु – यी सबै पतुर कुरा गर्न खप्पिस छन्
जे सत्य भन्दैछन् त्यहीँ कुरा नै मिथ्या छ
जे मिथ्या सम्झिरहेछ्न्, उसैमा जीवन बाँचिरहेछ्न्
जसले मलाई गाउँ डुल्न सुझाए, उनैहरु घर बन्द गरेका छन्
जसले बोल्न उक्साए, आज कतै गुमनाम जिन्दगी बाँच्दै छन्
अजिव लाग्छ परिवर्तन भइरहने सत्य र ध्रुबसत्य देखेर
जहाँ मलाई सामाजिक बन्न कसरत गराइयो
आज त्यहीँ एक्लिन भनिदै छ
जहाँ भेट्घाट र भोजभतेरमा सम्बन्ध साटिन्थें बाँधिन्थें
आज त्यहीँ सामाजिक दुरी नै सुरक्षा मानिदो छ
फगत

सबै पिरब्यथा पिएर एउटी आमा मुस्कुराउछे
सारा बोझ बोकेर प्रकृति, चैत- बैशाख आँकुराउछे
प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो रहेछ
एक्लिनु र छुटिनु त हाम्रो नियती भएछ
भेटिनु र बोल्नु मात्रै सामाजिक हुन्थ्यो भने?
नभनेरै हुने प्रेम सामाजिक किन हुन्थ्यो?
सधैं सधैं मैले मलाई बुझ्न चाहे, आत्मा बुझ्न चाहे
हर समय शुन्यताको कोलाहलमा आफू रम्न चाहे

र त यो मन 'इन्ट्रोभट' बनि एकान्तमा चिच्याइरह्यो ।