सायद कि त यो जिन्दगी हो !
मनका भग्नावशेषबाट तप्किएका बिचार
पोखिन नपाउदै जिन्दगीमा हुन्छन् किन लाचार?
सम्झनु, सम्झाउनु र सम्हालिनु
मरेर छ जानु भने के लिनु के दिनु?
एउटा मुटु एकदिन लास भै'जान्छ
थाहा छैन उसको जिन्दगी कहाँँ कसले माग्छ!
बन्धकी राखेर आफ्नै सपनाका रङ्गहरु
सेफद कात्रोभित्र एउटा सन्यासी खरानी हुन्छ।
शुन्य कि त जीवन हो
होइन भने जीवन शुन्य हो
घुमिरहदा शुन्यकै वरिपरी
शुन्यता भन किन पर भो?
त्यसैले, लाग्छ -
सारा याद नै जिन्दगी हो ।
सायद कि त यो जिन्दगी हो !
बेचैनी हाँसो हाँस्नेहरु तमाम देख्छु
थाहा छैन कलमभित्र म आँफै लेखिन्छु या जिन्दगी लेख्छु
हाँसो लेख्छु, आँशु लेख्छु
चैन लेख्छु, बेचैनी लेख्छु
अलिकती साहस पोख्छु, अलिकति निराशा
पोख्दा पोख्दै सबैकुरा, उठिजाने हो कि भरोसा
कलम हुनुपर्छ सायद जिन्दगी
नत्र मलम हुनुपर्छ जिन्दगी ।
बाँच्नै नसकेर आर्तनाद गरिरहँदा
भजन हुनुपर्छ जिन्दगी ।
यि र यस्तै पलहरु साँचेको छु
अलिकती जीवन बाँचेको छु
त्यसैले लाग्छ,
सारा याद नै जिन्दगी हो ।
सायद कि त यो जिन्दगी हो !
सारा याद नै जिन्दगी हो ।
सायद कि त यो जिन्दगी हो ।

0 comments:
Post a Comment