उम्लिदै गरेको चिया, उम्किदै गरेको जिन्दगी
फेरिदै जाने पानीको रङ्ग, जसरी फेरिदैछ यो जीवन
छानीएर दु:ख सुखका अवशेषहरु
तप्किदैछ आशा प्यालाभरी
तृप्त बनाएर प्यासीको प्यास
चिया गिलास जुठेलिन्छ घरीघरी
फिक्का चिया, कडा चिया
सादा चिया, दुध चिया
अनेकन प्रकृति जस्ताइ एउटै चियाको
अनेकन अनुहार उस्तै एउटै जिन्दगीको
समाहित गरेर आँफैले आँफैलाई
दु:खको भड्खालोमा
चुस्की लिएर हरेक बाधा-अड्चन
आफ्नै यो मस्तिष्क प्यालामा
फेरी गर्मिलो पार्नु छ आँत - चियाजस्तै
पाक्दा पाक्दै सकिनुछ एक दिन - फेरी चियाजस्तै
चिया कसैका लागि पेय मात्रै होला
कसैका लागि चिया जोवन जीवन होला
हाम्रै लागि पाकेको चियालाई कसैले सोधी हेर न !
पाक्दा पाक्दै भुल्के हाँसो कसरी हाँस्ने होला ?
हरेक जिन्दगी जस्तै हरेक ओठमा चिया चिया स्वाद
फरक किन होला ?
सकिन्छु भन्ने जान्दा जान्दै पनि मथिङ्गल त्यो तताउने
किन होला ?
प्रश्न छन् थुप्रै यस्ता, जति धेरै चियाकी पारखी
आशा उम्मिद राख्ने उत्तिनै खै किन हो मदेखि ?
अनुत्तरित नयनबाट हेर्छु आफ्नै प्रतिबिम्ब
खनाइएको प्यालाभरी चिया चानेर त्यो उम्दा
सोच्छु -
उम्लिदै गरेको चिया, उम्किदै गरेको जिन्दगी ।।
फेरिदै जाने पानीको रङ्ग, जसरी फेरिदैछ यो जीवन ।।

0 comments:
Post a Comment