Monday, September 18, 2023

क्रन्धन


Photo by Jonathan Klok



हराउँछन् साथी, यहाँँ मुस्कानहरु हराउँछन्
था’छैन कुन दिन मुस्कुराउनेहरु हराउँछन् ।
कपटी यो दुनियाँं सब स्वार्थी छन्, साथी
आँशु बगाउँछन् आफ्नैले अनि आगो लगाउँछन्
हराउँछन् साथी, यहाँँ मुस्कानहरु हराउँछन्
था’छैन कुन दिन मुस्कुराउनेहरु हराउँछन् ।।

घाउ कति छ कति लुकाईराखेको मुटुभित्र
सम्झनाले हरपल हरक्षण चहराउछ्न्
ऊ बाँचिरहेछ, पीडा बोकेर मनभरी
अफसोच, सबले मुस्कान मन पराउँछन्
हराउँछन् साथी, यहाँँ मुस्कानहरु हराउँछन्
था’छैन कुन दिन मुस्कुराउनेहरु हराउँछन् ।।

शान्ति र चयन सबै लुटिएपछि बजारमा
मान्छे बेचिदो रै’छ अनि त हजारमा
भन्छन्, "शहरमा छ गरेकै छ सबै 'सेट'"
आँफू ब्यस्त छु यहाँ भर्नलाई यो खाली पेट
हराउँछन् साथी, यहाँँ मुस्कानहरु हराउँछन्
था’छैन कुन दिन मुस्कुराउनेहरु हराउँछन् ।।

काट्छन् कुरा कमाइ लुकाई शहरमा बस्या भनि
हरेक पल भोग्या म छु कैले आउँला मृत्यु पनि
मुस्कान देख्छन्, तस्विर हेर्छन् भन्छन् सबै पुगेकै छ
घाँटी रेटि इच्क्षाहरुको जिउँदो मुढो घिस्रेकै छ
हराउँछन् साथी, यहाँँ मुस्कानहरु हराउँछन्
था’छैन कुन दिन मुस्कुराउनेहरु हराउँछन् ।।

0 comments:

Post a Comment

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views