मेरो देशमा बाँच्नलाई नेता बन्नुपर्छ
देश बनाउनलाई पनि ढाँट्न जान्नुपर्छ
बर्षामा पानी पर्दा जनताको छानो बगाउँछ
पुरिएका लास माथि सरकार मन्त्री क्वार्टर बनाउँछ ।।
गरिब हुनु त्यहि माथि जनता हुनु
दोष तपाईंको हो ।
सोझो हुनु त्यही माथि नेपाली हुनु
दोष तपाईंकै हो ।
मेरो देशमा बाँच्नलाई नेता बन्नुपर्छ
देश बनाउनलाई पनि ढाँट्न जान्नुपर्छ
ललिता निवास डुब्दैन, सिंहदरबार बग्दैन
नेता घुमाउन सक्ने विमान उद्दार गर्न सक्दैन ।।
मान्छे चिन्नु तर नेता नचिन्नु
दोष तपाईंको हो ।
जमिन चिन्नु तर खोला नचिन्नु
दोष तपाईंकै हो ।
मेरो देशमा बाँच्नलाई नेता बन्नुपर्छ
देश बनाउँनलाई पनि ढाँट्न जान्नुपर्छ
पुल बगाउँछ पानीले, बस्ती बगाउँछ
राहत नै पचाउनेको मन यत्राको बगाउँछ? ।।
नठग्नु, नहेप्नु अनि भ्रष्टचार नगर्नु
दोष तपाईंको हो ।
फेल नहुनु, जेल नजानु
दोष तपाईंकै हो ।

0 comments:
Post a Comment